चन्द्रागिरिसँग सीमा जोडिएको धादिङमा ६.१ म्याग्निच्युडको भूकम्प मापन
थानकोट ।
धादिङमा आज बिहान भूकम्प गएको छ ।
बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर भूकम्प गएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए ।
“धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो,” भूकम्पविद् कोइरालाले भने, “यो नयाँ भूकम्प होइन परकम्प हो ।”
भूकम्पको धक्का धादिङ, नुवाकोट, काठमाडौं उपत्यकालगायत क्षेत्रमा महसुस गरिएको थियो । पछिल्लो अपडेट अनुसार धादिङको खरी आसपास भूकम्पले केन्द्र बिन्दु बनाएको बताइएको छ ।
भूकम्पबाट हालसम्म कुनै क्षतिकाे विवरण प्राप्त नभएको बताइएको छ ।












