धादिङमा ८० मिनेटको अन्तरमा भूकम्पका चार धक्का

Thankot Times

थानकोट ।

धादिङमा ८० मिनेटको अन्तरमा भूकम्पका चार धक्का मापन गरिएको छ । आइतबार बिहान चार म्याग्निच्युडदेखि माथिका चार धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

केन्द्रका अनुसार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका–५, खरी आसपास केन्द्रविन्दुको ६.१ म्याग्निच्युडको धक्का मापन गरिएको थियो । त्यसको २९ मिनेटपछि अर्थात् ८ बजेर ८ मिनेटमा सल्यानटार आसपास केन्द्रविन्दु भएको ४.२ म्याग्निच्युडको परकम्प मापन गरियो ।

यस्तै, ८ बजेर २८ मिनेटमा सल्यानटार आसपास नै केन्द्रविन्दु भएको ४.३ म्याग्निच्युडको धक्का मापन गरिएको थियो ।

बिहान ८ बजेर ५९ मिनेटमा खरी आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको भूकम्पको अर्को धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *