दशैंमा दशाः पाल्पामा जीप दुर्घटना हुँदा कम्तीमा ६ जनाको ज्यान गयो, उद्दार कार्य जारी
थानकोट ।
पाल्पाको तानसेन नगरपालिकास्थित रानीमहलनजिकै गाडी दुर्घटनामा परेको छ ।
रानीमहलनजिकै बैकुण्ठ पहाडबाट गाडी बराङ्दी खोलामा खसेको हो ।
सडकबाट निकै तल खोँचमा खसेको हुनाले उद्धारमा कठिनाइ भइरहेको स्थानीय ठाकुर पाण्डेले जानकारी दिए ।
दुर्घटनामा कम्तीमा ६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा केही घाइते भएको बताइएको छ।
रानीमहलबाट तानसेनतर्फ जाँदै गरेको गाडी दुर्घटनामा परेको हो ।
तस्बिर धीरज अस्लामी












