आज मनकामना केबलकारको सेवा सुचारु

Thankot Times

थानकोट ।

मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ ।

बडादसैँका अवसरमा दसैँमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार सेवा आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले जानकारी दिएका छन् ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना ४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरी विसं २०५५ मा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार सेवा हो ।

मनकामना मन्दिर क्षेत्रसम्म पुग्न दैनिक दशाैं हजार स्वदेशी तथा विदेशी नागरिकहरूले सो केबलकार सेवा लिने गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *