त्रिदेशीय टी-२० क्रिकेट सिरिजकाे उपाधि यूएईलाई, नेपाल ४ विकेटले स्तब्ध

Thankot Times

थानकोट ।
काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि संयुक्त अरब इमिरेट्स (युएई)ले जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रेको नेपालले एक सय ६३ रनको लक्ष्य दिएको थियो।

उक्त लक्ष्य युएईले ६ विकेट गुमाएर हासिल गरेको हो।
कुशल भुर्तेलले २९ बलमा अर्धशतक बनाए भने दिपेन्द्रसिंह ऐरी १५ बलमा २०, कप्तान रोहित पौडेल १७ बलमा १८, आसिफ शेख १२ बलमा ८ कुशल मल्लले २ बलमा १, सन्दीप झोरा १० बलमा १०, गुलशन झा ८ बलमा  ५,  सोमपाल कामी  ८ बलमा १३  रन बनाए भने करण केसीले १७ बलमा २३ रनको योगदान दिए।

नेपालले यो खेल जितेर ह्याट्रिक जित निकाल्ने दाउमा थियो। तर, सिरिजका यसअघि सबै खेल जितेको नेपालले फाइनलमा हार्दा उपाधि विमुख हुन पुग्याे ।

यसअघि भएको लिगको खेलमा नेपाललले पहिलो खेलमा युएईलाई ७ विकेट पराजित गरेको थियो भने दोस्रो खेलमा ५ विकेटले हराएको थियो।

त्यस्तै, नेपालले हङकङलाई पनि दुवै खेलमा पराजित गरेको थियो। नेपालले हङकङलाई पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ७९ रनले हराएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *