बुद्ध एअरकाे चाैधाैं जहाज काठमाडौंमा, एक महिनाभित्र उडान थाल्ने

Thankot Times

थानकोट ।

बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ।

बुद्धले नाइनएन- एओसी कलसाइन रहेकाे एटिआर-७२ जहाज शुक्रबार भित्र्याएकाे हाे।

नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याई एक महिनाभित्र उडान सेवा दिने कम्पनीले जनाएको छ।

योसँगै बुद्धसँग अब एटिआर-७२ जहाजको संख्या १४ पुगेको छ। बुद्ध एयरसँग हाल तीन वटा एटिआर-४२-३२० र १४ वटा एटिआर-७२–५०० जहाज छन्।

हवाई उडान सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप नयाँ जहाज थपिएको कम्पनीले जनाएको छ।

उडान संख्या उल्लेख्य वृद्धि भएसँगै यात्रुहरूले आफ्नो समय अनुकूल उडान भर्न सक्नेछन्,’ बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले भने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *