२८औं टफिसा विश्व कंग्रेसमा ब्राइट फ्यूचर तथा जेसिस स्कुलका प्रतिनिधिहरु

Thankot Times

थानकोट ।

युरोपेली मुलुक जर्मनीको डुसेलडोर्फमा जारी २८ औं टफिसा विश्व कंग्रेस तथा स्पेनको मेड्रिडमा हुने मुभ कंग्रेस र इन्टरनेसनल स्पोर्ट एन्ड कल्चर एसोसिएसन (इस्का) को साधारण सभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डल यतिबेला युराेपमा छ।

साे टाेलीमा टफिसा नेपाल तथा नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की, चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट फ्यूचर माविका अध्यक्ष माेहनकुमार कार्की, साे विद्यालयका निर्देशक माेहित कार्की, सतुगंलस्थित जेसिस माविका प्रधानाध्यापक सराेज महर्जनसमेत सहभागी छन् ।

साे टाेली मंगलबार जर्मनी प्रस्थान गरेकाे थियाे ।
सभा १-५ नाेभेम्बरसम्म सञ्चालन हुने बताइएको छ।
सभामा विश्वका ७० भन्दा धेरै मुलुकका करिब ३५० जना प्रतिनिधि सहभागी रहेकाे टाफिसाले जनाएको छ ।

टाफिसा ‘सबैका लागि अन्तर्राष्ट्रिय खेलकुद संघ’ भन्ने नाराका साथ सन् १९९१ मा स्थापना भएको अन्तर्राष्ट्रिय संस्था हाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *