थानकोट चेकपोस्टका कार्की साेल्टीमाेडमा मृत भेटिए, अनुसन्धान जारी

Thankot Times

थानकोट ।

काठमाडौंको सडकपेटीमा नेपाली सेनाका लेस नायक मृत फेला परेका छन्।

शनिबार बिहान सवा ६ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १३  सोल्टीमोडस्थित दरबार बैंक्वेट अगाडि सडकपेटीमा लेस नायक मृत फेला परेका हुन्।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ घर भई गणेश दल गण जंगी अड्डा भन्द्रकालीमा दरबन्दी भएका लेस नायक २६ वर्षीय सुमन कार्की मृत फेला परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार सडकपेटीमा एक जना मानिस लडिरहेको भन्ने खबर प्रहरीले पाएको थियो।

उक्त खबरको आधारमा घटनास्थलमा प्रहरी वृत्त कालिमाटीबाट डिएसपीको कमान्डमा टोली खटिएर अनुसन्धान अघि बढाइएको थियो। मृतकको शरीरमा सेनाको परिचयपत्र फेला परेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *