हट्यो बागमती किनार अतिक्रमण

थानकोट ।

अव्यवस्थित बस्ती विस्तार गरेर बागमती नदीकिनारमा गरिएको अतिक्रमण दशकौँपछि हटेको छ ।

सरकारले काठमाडौँ महानगरपालिका वडा नं. ११ स्थित थापाथली, वडा नं. ९ स्थित गैरीगाउँ र सिनामङ्गलमा बागमती नदीकिनार कब्जा गरेर बनाइएका घरटहरा शनिबार भत्काएको हो ।

थापाथलीमा डोजर चलेपछि गैरीगाउँ, सिनामङ्गल र महानगरकै वडा नं. ३१ स्थित शान्तिनगरमा रहेका सुकुमवासी बस्तीका बासिन्दाले धेरैजसो घरटहरा आफैँ भत्काएर सरसामान सारेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार सुकुमवासी व्यवस्थापन गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेपछि शान्तिपूर्ण रूपमा घरटहरा हटाइएको हो ।

यसअघि सरकारी निकायबिचमै समन्वय नहुँदा सुकुमवासी बस्तीका घरटहरा भत्काएर बागमती नदीकिनार खाली बनाउने प्रयास असफल हुँदै आएको थियो । सरकारले वास्तविक सुकुमवासी पहिचान गरी व्यवस्थापन जिम्मा लिएपछि यो काम सार्थक हुँदै छ ।

सरकारले काठमाडौँ, ललितपुर र भक्तपुरका नदी र खोलाकिनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएको बस्ती खाली गराउने अभियान तीव्र पारिएको जनाएको छ । प्रधानमन्त्रीका सञ्चार सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार काठमाडौँ महानगरपछि कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ को गोठाटार बुद्धचोक र वडा नं. ९ को मनोहरा टोलमा रहेका अनधिकृत रूपमा विस्तार बस्ती खाली गरिने छ । मनोहरा खोलाकिनारको बस्ती शनिबार खाली गर्न सुरु गरिएको छ ।

तस्बिर : कविन अधिकारी


Leave a Reply

Your email address will not be published. Required fields are marked *