चन्द्रागिरि ३ मा नेपाली काँग्रेसको अग्रता कायमै, १२० मत गणना हुन बाँकी
थानकोट ।
स्थानीय तह निर्वाचन अन्तर्गत अहिले चन्द्रागिरि ३ र ४ को मतगणना जारी छ ।
चन्द्रागिरि ३ मा नेपाली काँग्रेसले अग्रता लिएको छ । १८०० मतगणना हुँदा चन्द्रागिरि ३ मा नेपाली काँग्रेसका उम्मेदवारले ६०९ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवारले ४६५ तथा माओवादी केन्द्रका उम्मेदवारले ५१८ मत पाएका छन् ।
त्यस्तै मेयरमा चन्द्रागिरि ३ मा नेपाली काँग्रेसले ८४७ तथा नेकपा एमालेले ५७१ मत पाएको छ ।
यस वडामा १९२० मत खसेको छ । तीन जना मात्र वडाध्यक्षका उम्मेदवार भएको यस वडाको मत गणना अन्य वडाको तुलनामा छिटो छिटो भइरहेको छ ।












