चन्द्रागिरिसहित उपत्यकाका नगरपालिकाले दिने भए भूकम्प पीडितका लागि एकमुस्ट २५ लाख
थानकोट ।
चन्द्रागिरिसहित काठमाडाैं उपत्यकाका नगरपालिकाहरूको समुह उपत्यका मेयर्स फोरमले जाजरकोटका भूकम्पपीडितका लागि २५ लाख रूपैयाँ रातह स्वरूप उपलब्ध गराउने भएको छ ।
आइतबार साँझ सामाजिक सञ्जालमा मार्फत सो रकम राहत स्वरूप उपलब्ध गराउन लागिएको चन्द्रागिरि नगरका मेयर एवं उपत्यका मेयर्स फोरमका महासचिव घनश्याम गिरीले जानकारी दिए ।
आइतबार ललितपुर महानगरपालिकामा बसेको सो फोरमको आकस्मिक बैठकले तत्काल सो रकम उपलब्ध गराउने निर्णय भएको बताइएको छ ।












