कार्तिक २२ गतेबाट मत्स्य यू-१३ वडा कप फुटसल हुँदै

Thankot Times

थानकोट ।
चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँस्थित मत्स्य फुटसलमा उमेर समुहगत फुटसल प्रतियोगिता हुने भएको छ । कार्तिक २२ देखी २४ सम्म सञ्चालन हुने सो प्रतियोगिताको मत्स्य यू-१३ वडा कप-२०८० नाम दिइएको छ ।

सेभेन ए साइड शैलीको प्रतियोगिताको खेल तालिका आज साँझ ५ बजे सार्वजनिक गरिने प्रतियोगिता निर्देशक गाैरब श्रेष्ठले जानकारी दिए।

प्रतियोगिताको विजेताले ५० हजार रूपैयाँ तथा दोश्रो हुनेले ३० हजार रूपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा चन्द्रागिरि नगरका सबै १५ वटै वडाबाट समान १-१ टिमबीच प्रतिस्पर्धा गराइनेछ ।

मच्छेगाउँस्थित मत्स्य रिक्रियशन सेन्टर हातामा रहेको मत्स्य फुटसलले स्थानीय स्तरमा फुटबल खेलको विकास विस्तारमा विविध कार्य सञ्चालन गर्दै आएको छ भने सो एरिनामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल खेल प्रतियोगिताहरू नियमित रूपमा हुँदै आएका छन् ।

मत्स्यनारायण रिक्रियशन सेन्टरमा चन्द्रागिरि नगरमै ७ ए फर्म्याटको एक मात्रै एरिना रहेको छ । सो सेन्टर २०७६ सालदेखी सञ्चालनमा रहेको छ ।

जहाँ पाैडी पोखरी तथा जीम हल समेत सञ्चालनमा रहेको छ भने निकट भविष्यमा भोज घर (पार्टी प्यालेस) पनि सञ्चालन हुने बताइएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ