जाजरकोटमा ९ मिनेटको अन्तरमा ४.० म्याग्निच्युडमाथिका दुई भूकम्पका धक्का

Thankot Times

थानकोट ।

गत शुक्रबार मध्यरातमा गएको भूकम्पको शक्तिशाली धक्का तथा त्यसपछिका लगातारका पराकम्पनले थिलोथिलो परेको जाजरकोटमा सोमबार अपराह्न ९ मिनेटको अन्तरमा ४.० म्याग्निच्युडमाथिका भूकम्पका २ धक्का मापन गरिएको छ ।

अपराह्न ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएको ५.८ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

त्यसको नौ मिनेटपछि अर्थात् अपराह्न ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक आसपास केन्द्रविन्दु भएको ४.५ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

तस्बिरः रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ