राजा महेन्द्रको हातमा बिन्तीपत्र चढाएको भोलिपल्ट थानकोटमा पुलिस सो व्यक्तिलाई खोज्न आएपछि
थानकोट ।
राजा महेन्द्र तथा प्रधानमन्त्री टंकप्रसाद आचार्यको उपस्थितिमा २०१३ सालताका त्रिभुवन राजपथको हालको त्रिभुवन पार्कनजिकै उद्घाटन भयो ।
स्थानीय युवाहरूको अग्रसरतामा स्थापना भएको क्लबका सदस्यहरूले बिल्ला भिरेर स्वयंसेवकको भूमिका निभाए ।
बाइरोड निर्माणको ६९ वर्ष, थानकोट चेकपोष्टमा गाडिएको शिलालेखमा के छ ? (भिडियोसहित)
कार्यक्रमका दाैरान कृष्णप्रकाश श्रेष्ठ (पछि साहित्यकार, पत्रकार, अनुवादक) ले राजा महेन्द्र सामु स्थानीय क्षेत्रमा विद्यालय, स्वास्थ्य चाैकी, खानेपानीको धारा, दहचोक जाने सडक तथा पुलको निर्माण लगायका चार माग समेटिएको बिन्तीपत्र चढाए ।
भोलिपल्ट काठमाडाैं केन्द्रीय पुलिस गोश्वारा यसअघिको प्रहरी परिसर हनुमानढोकाबाट पुलिसहरू आई हिजो राजालाई बिन्तीपत्र चढाउने को हो ? भन्दै खबर गरेपछि कार्यक्रममा स्वयंसेवा पुर्याउने क्लबका सदस्य बेचैन भएछन् । किनकी अघिल्लो दिन राजाको हातमा बिन्ती पत्र थमाएको भोलिपल्ट पुलिस बिन्ती पत्र चढाउने को भन्दै घरमै खोज्न आई पुगे ।
त्यसपछि राजाको हातमा बिन्तीपत्र बुझाउने श्रेष्ठले सो बखत थानकोट क्षेत्रमा मोटरसाइकल हाँक्ने हर्षदास अमात्यलाई लिएर हनुमान ढोका ठानामा पुगेछन् । ठानामा श्रेष्ठ र अमात्यको स्वागत भएछ, राजासमक्ष अघिल्लो दिन चढाइएको बिन्तीपत्रमा तोक लागि आएको खबर पुलिस थानाले जानकारी गराएछन् ।
सो कामका लागि सम्बन्धित मन्त्रालयमा सम्पर्क राख्न सिंहदरबार जानका लागि खबर गर्न पुलिस थानकोट पुगेको रहेछ । सो बखत थानकोट क्षेत्रमा मोटरसाइकल भएका उनै हर्षदास अमात्य मात्रै थिए ।
राजाको तोक तत्कालै लागेपछि थानकोटले राजाको हातमा चढाएको बिन्तीपत्रमा उल्लेख भएका माग सम्बोधन हुन धेरै विलम्ब नै भएन… ।
- कृष्ण प्रकाश श्रेष्ठको नियात्रा चुनिखेलदेखि धुलिखेलसम्मबाट, जुन सामाग्री हाल प्रकाशित पुस्तक चन्द्रागिरि अनुशिलनमा समावेश भएको छ ।












