यू-१९ एसिया कप क्रिकेट: नेपालको पहिलो खेल पाकिस्तानसँग

Thankot Times

थानकोट ।

डिसेम्बर ८ देखि १७ तारिखसम्म आयोजना हुने यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले बुधबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । 

यू-१९ एसिया कप क्रिकेट संयुक्त अरब इमिरेट्स (यूएई) मा डिसेम्बर ८ देखि १७ तारिखसम्म आयोजना हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । उक्त समूहमा बलिया टोलीहरु छन् ।

त्यो समूहमा नेपालका अतिरिक्त भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । 

यसैगरी प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, जापान र आयोजक यूएई रहेका छन् । नेपालले आफ्नो पहिलो खेल डिसेम्बर ८ मा पाकिस्तानसँग खेल्नेछ । सोही दिन भारत र अफगानिस्तानबीच अर्को खेल खेलिने छ ।

यसैगरी नेपालले दोस्रो खेल डिसेम्बर १० मा अफगानिस्तानसँग खेल्नेछ । सोही दिन अर्को खेल भारत र पाकिस्तानबीच हुनेछ । नेपालले तेस्रो खेल डिसेम्बर १२ मा भारतसँग खेल्नेछ । सोही दिन अर्को खेल पाकिस्तान र अफगानिस्तानबीच हुनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *