जेठ मसान्तभित्र जिल्ला तहका कमिटीहरूको अधिवेशन गरिसक्न एमालेको निर्देशन

Thankot Times

थानकोट । 

नेकपा (एमाले) ले २०८१ को जेठ मसान्तभित्र जिल्ला अधिवेशन गरिसक्न समयसीमा बढाएको छ।

बुधबार दिउँसो बसेको सचिवालयको बैठकले माघ मसान्तभित्र गरिसक्न भनेको जिल्ला अधिवेशन जेठ मसान्तभित्र गरिसक्ने गरी समयसीमा बढाइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

‘पुष्पलाल मध्यपहाडी राजमार्गकेन्द्रित अभियानका कारण माघ मसान्तभित्र गरिसक्न भनेको जिल्ला अधिवेशन जेठसम्म गर्ने गरी समयसीमा बढाउने निर्णय गरिएको छ,’ ज्ञवालीले भने।

एमालेले यसअघि चैत मसान्तभित्रमा वडा तहका कमिटीहरूको अधिवेशन गरिसक्न मातहतका कमिटीलाई परिपत्र गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *