थानकोट चेकपोष्टमा सञ्चालन भइरहेको हाटबजारमा चन्द्रागिरि साकोसले चिनी उपलब्ध गराउने
थानकोट ।
बिहीबारबाट चन्द्रागिरि नगरपालिका ६ र ७ थानकोट चेकपोष्टमा सुरु भएको तीन दिने झिलिमिली हाट बजारमा चन्द्रागिरि साकोसले चिनी बिक्री गर्ने भएको छ ।
संस्थाबाट जारी विज्ञप्तीका अनुसार तिहारका लागि अत्यावश्यक चिनी प्रतिक केजी ११५ रूपैयाँका दरले बिक्रीका लागि स्टल राखिएको छ ।
पछिल्लो समय बजारमा चिनीको माग अत्यधिक हुँदा नागरिकहरूले सहजै चिनी खरिद गर्न पाइरहेका छैनन् ।
चन्द्रागिरि नगरपालिका वडा नंं ६ र ७ को कार्यालय क्षेत्रमा आजबाट सञ्चालनमा ल्याइएको हाटबजार आगामी शनिबारसम्म जारी रहने बताइएको छ ।










