स्टार फुटबलर डिडियर ड्रोग्बा नेपाल आउने
थानकोट ।
नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा आइभोरी कोस्ट तथा चेल्सीका लेजेन्ड डिडियर ड्रोग्बा नेपाल आउने भएका छन् ।
बिहीबार नेपाल सुपर लिगको आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले सामाजिक सञ्जालमार्फत ड्रोग्बा नेपाल आउने जानकारी दिएको हो ।
यस्तै, एनएसएल र डिडियर ड्रोग्बा फाउन्डेसनले जाजरकोट भूकम्प पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा २० लाख रुपैयाँ जम्मा गर्ने भएको छ ।
नेपाल सुपर लिगको दोस्रो संस्करण मसिंर ९ देखि पुस २१ सम्म हुने तालिका छ ।












