फिफा विश्वकप २०२६: फ्रान्स सेमीफाइनलमा, मोरक्को २-० ले स्तब्ध

Thankot Times

थानकोट ।

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार बिहान भएको क्वार्टरफाइनल खेलमा मोरोक्कोलाई २-० गोल अन्तरले पराजित गरेर फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

त्यसपछि ६०औँ मिनेटमा फ्रान्सले पहिलो गोल गर्‍यो ।

उक्त समयमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेले गोल गरेर फ्रान्सलाई १-० को अग्रता दिलाएका थिए । भने, त्यसको ६ मिनेटमा फ्रान्सकै उस्मान डेम्बेलेले थप एक गोल गरेर अग्रतालाई दोब्बोर बनाएका थिए ।

त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन ।

योसँगै मोरोक्कोका लागि फ्रान्स फेरि बाधक बनेको छ । २०२२ को विश्वकपमा पनि फ्रान्स नै मोरोक्को बाधक बनेको थियो ।

त्यतिबेला फ्रान्ससँग सेमिफाइनलमा २-० गोल अन्तरले पराजित भएर मोरोक्को विश्वकपबाट बाहिरिएको थियो । र, त्यही इतिहास फेरि दोहोरिएको छ ।

फ्रान्सले अब फाइनल पुग्न स्पेन र बेल्जियमबीचको खेलको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ