त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा विद्यार्थी भर्नाका लागि आवेदन खुला

Thankot Times

थानकोट ।

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम सेमिष्टरका लागि भर्ना आह्वान गरेको छ। त्रिवि शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तह प्रथम सेमिष्टरको लागि भर्ना आह्वान गरेको हो।

भर्ना आवेदन मङ्सिर १ गतेदेखि मङ्सिर २५ गतेसम्म बुझाउन सकिनेछ। पुस ११ गतेदेखि कक्षा सञ्चालन गरिने शिक्षाध्यक्षको कार्यालयले जनाएको छ। प्रवेश परीक्षा तथा भर्नासम्बन्धी अन्य विवरण पछि सार्वजनिक गरिनेछ।

विद्यार्थीले पढ्न चाहेको संकायका लागि छुट्टाछुट्टै आवेदन फारम बुझाउनुपर्ने छ।

आवेदन दिदा फारामसँगै हालसालै खिचेको फोटो र ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि समेत बुझाउनुपर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *