विश्वकप क्रिकेटः सेमीफाइनल समीकरण पूरा, कुन-कुन देश पुगे अन्तिम चारमा ?

Thankot Times

थानकोट। 

भारतमा जारी विश्वकप क्रिकेट प्रतियोगिताको सेमीफाइनल समीकरण औपचारिक रूपमा पूरा भएको छ । 

 भारत लिग चरणमा शतप्रतिशत जितसहित सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा नेदरल्यान्ड्सविरुद्ध १६० रनको जित निकाल्दै भारत अपराजित रहँदै अन्तिम-चारमा प्रवेश गरेको हो ।

बेङ्लोरस्थित एम चिन्नास्वामी रंगशालामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको ४११ रनको लक्ष्यमा नेदरल्यान्ड्सले २५० रनमात्र जोड्न सक्यो । यो जितसँगै शीर्ष स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको भारतले नौ खेलबाट १८ अंक जोडेको छ । समान खेलबाट चार अंक जोडेको नेदरल्यान्ड्सले भने तालिकाको पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ ।

सेमिफाइनल समीकरण प्रतियोगितामा भारतसँगै दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्यान्ड क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो स्थानमा रहँदै अन्तिम चारमा प्रवेश गरेका छन् ।

फाइनलमा प्रवेशका लागि भारतले चौथो स्थानको न्युजिल्यान्डसँग खेल्नेछ । दक्षिण अफ्रिकाले अस्ट्रेलियासँग खेल्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल बुधबार हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारत र न्युजिल्यान्डले प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र अस्ट्रेलिया बिहीबार फाइनल प्रवेशका निम्ति खेल्नेछन् ।

प्रतियोगिताको फाइनल आगामी आइतबार हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *