चन्द्रागिरि ३ मा नेपाली काँग्रेसका दुर्गालाल महर्जन विजयी

Thankot Times

थानकोट ।

दोश्रो स्थानीय तह निर्वाचनमा चन्द्रागिरि ३ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार दुर्गालाल महर्जनले जित हासिल गरेका छन् ।

महर्जन निवर्तमान वडाध्यक्ष समेत हुन् । चन्द्रागिरि ३ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ ।

गत स्थानीय निर्वाचनमा दुर्गालालसँग पराजित भएका नेकपा एमालेका नारायण बहादुर महर्जन यसपटक पनि पराजित भएका छन् । तीनजना वडाध्यक्षका उम्मेदवार रहेको चन्द्रागिरि ३ मा माओवादी केन्द्रबाट देवकृष्ण महर्जनले उम्मेदवारी दिएका थिए ।

केही मतपत्र बढी फेला परेपछि निर्वाचन अधिकृतको कार्यालयले यस वडाको मतगणना स्थगित गरेको थियो ।

यस वडा नेपाली काँग्रेसका मेयर पदक उम्मेदवार घनश्याम गिरीको वडा हो ।

हालसम्म सार्वजनिक चन्द्रागिरि नगरका ३ वडाका मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रले १ तथा नेपाली काँग्रेसले २ वडामा नेतृत्व पाएको छ।

अहिले चन्द्रागिरि ४ र ५ को मतगणना जारी छ ।

नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरीले अग्रता जारी राख्दा नेकपा एमालेकी उम्मेदवार वसन्ती श्रेष्ठको एकल अग्रता कायम छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *