चारदेशीय महिला ट्वान्टी-२० क्रिकेट सिरिजः पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित

Thankot Times

थानकोट ।

हङकङमा बुधबारबाट सुरु भएको चार देश सम्मिलित महिला ट्वान्टी-२० क्रिकेट सिरिजमा नेपालले खराब सुरुवात गरेको छ ।

पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको तान्जिनियाले पूरा २० ओभरको खेल सकिँदा ७ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । जवाफी ब्याटिङमा मैदान उत्रिएको नेपाल १६.५ ओभरमा मात्रै ८८ रनमा अलआउट हुन पुग्यो ।

तान्जिनियाका बलर सामु नेपाली ब्याटरहरू निरिह बन्दा नेपालले सामान्य लक्ष्य भेटाउन सकेन् ।

नेपालका लागि पहिलो खेल कप्तानी गरेकी इन्दु बर्माले १५ तथा अनुभवी क्रिकेटर सीता रानामगरले ४३ रन बनाउन बाहेक अन्य बलरहरूले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

शृंखलामा नेपाल, तान्जिनिया र हङ्कङसँगै चौथो टोलीका रुपमा जापान सहभागी छ । नेपालले नयाँ कप्तान इन्दू बर्माको नेतृत्वमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो ।

नेपालले तान्जिनियाविरुद्धको खेलको पनि यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

प्रतियोगिता अन्तर्गत आज बुधबार नै घरेलु टोली हङकङले जापानको सामना गर्नेछ । नेपालले दोश्रो खेलमा भोलि घरेलु टोली हङकङको सामना गर्दा शनिबार जापानसँग खेल्नेछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *