चारदेशीय महिला टी-२० क्रिकेट सिरिजः लगातार दोश्रो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरियो
थानकोट ।
चार देश सम्मिलित टि-ट्वान्टी शृंखलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।
हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो ।
नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले नौ ओभरमै एक विकेट गुमाउँदै पूरा गर्यो । यस हारसँगै नेपालको फाइन खेल्ने सपना समाप्त भएको छ ।
नेपाललाई पराजित गरेसँगै लगातार दुई जित निकालेको हङकङ भने प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो । त्यस्तै समान दुई जित निकालेको तान्जेनिया पनि फाइनलमा पुगेको छ ।
पहिलो खेलमा नेपाल तान्जेनियासँग २७ रनले पराजित भएको थियो ।
चार देश सम्मिलित उक्त शृंखलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन् । प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि खेल्नेछन् । अब नेपालले मंसिर २ गते जापानसँग खेल्नेछ ।












