चार देशीय महिला टी-२० क्रिकेट सिरिजः जापानविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल

Thankot Times

थानकोट ।

हङकङमा जारी चार देशीय महिला टी-२० क्रिकेट सिरिज अन्तर्गत अहिले भइरहेको खेलमा जापानविरूद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

प्रतियोगितामा लगातार दुई हार व्यहोर्दै उपाधि भिडन्तबाट बाहिरिएका नेपाल र जापानबीचको यो खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ । जापानले टस जितेर पहिले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गरेको हो ।

सिरिजको पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको नेपाल दोस्रो खेलमा नेपाल घरेलु टोली हङकङसँग ९ विकेटले पराजित भएको थियो।

उता जापानले भने हङकङसँग ९ विकेटले तथा तान्जानियासँग १ सय ११ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

आजै हुने अर्को खेलमा आयोजक हङकङसँग र तान्जानिया भिड्दैछन्। यो खेलको विजेताले समूह विजेताको टुङ्गो लगाउनेछ।

दुवै खेलमा अपराजित हङकङसँग र तान्जानियाको समान ४ अंक भए पनि नेट रनरेटमा घरेलु टोली अघि छ।

समूहका शीर्ष २ टोली उपाधिका लागि आइतबार आमनेसामने हुनेछन्।

सोही दिन पुछारका दुई टोली तेस्रो स्थानका लागि खेल्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *