चोभार सुक्खा बन्दरगाह निजी कम्पनीलाई सञ्चालन गर्न दिने तयारी
थानकोट ।
चोभार सुक्खा बन्दरगाह सञ्चालन गर्न पाँच वर्षका लागि निजी कम्पनीलाई दिने तयारी भएको छ ।
बन्दरगाहको सञ्चालन दुई करोड ८८ लाख रुपैयाँमा ट्रान्स नेपाल फ्रेड सर्भिसेज जेबीसँग सम्झौता हुन लागेको हो ।
न्यू नेपाल ढुवानी सेवा र ट्रान्स नेपाल फ्रेड सर्भिसेज जेबीले सार्वजनिक खरिद नियमावली अनुसार बोलकबोलमा भाग लिएका थिए ।
यो सुक्खा बन्दरगाह एक अर्ब ५४ करोड रुपैयाँ लागतमा बनेको हो ।
तर, यो बन्दरगाहबाट व्यावसायिक कारोबार हुन सकेको छैन । निजी कम्पनीलाई जिम्मेवारी दिएपछि सरकारको आम्दानी बढ्नुका साथै मेन्टनेन्स खर्च पनि जोगिने गजुरेलले बताए ।













