अष्ट्रेलिया विश्व क्रिकेटको सर्वाधिक सफल टोली, विश्वकपका मात्रै २३ ट्रफी

Thankot Times

थानकोट ।

अष्ट्रेलिया विश्व क्रिकेटको सर्वाधिक सफल टोली हो। आइसिसी प्रतियोगितामा अष्ट्रेलियाले लगातार प्रदर्शन गर्दै आएको छ। विश्वकपमा अष्ट्रेलियाले राज गर्दै आएको छ। अष्ट्रेलियाले पुरुष, महिला र यु१९ मा गरेर हालसम्म २३ विश्वकप जितेको छ।

अष्ट्रेलियाले ६ एक दिवसीय विश्वकप, एक टि-२० विश्वकप, महिला एकदिवसीय विश्वकप ७, महिला टि२० विश्वकप ६ र यु१९ विश्वकप ३ गरि कुल २३ विश्वकप उपाधि जितेको छ।

अष्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७, २०१५ र २०२३ मा विश्वकप जितेको थियो। टि-२० विश्वकप २०२१ मा जितेको थियो। महिला टोलीले एकछत्र राज गरेको छ। महिला तर्फ १९७८, १९८२, १९८८, १९९७, २००५, २०१३ र २०२२ मा विश्वकप उपाधि जितेको थियो।

महिलातर्फ टि-२० विश्वकप २०१०, २०१२, २०१४, २०१८, २०२० र २०२२ मा जितेको थियो । त्यस्तै यु-१९ टोलीले १९८८, २००२ र २०१० मा विश्वकप उपाधि जितेको थियो।

सिनियर टोलीले २००६ र २००९ मा च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो। यसै वर्ष टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतलाई हराउँदै उपाधि जितेको थिय। सम्रग रुपमा अष्ट्रेलियासँग आइसिसीको २६ ट्रफी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *