कीर्तिपुरमा पाैष २७ गते ८४ व्यन्जन भोज उत्सव हुने

Thankot Times

थानकोट ।

कीर्तिपुरमा यहि पुष २७ गते ८४ व्यन्जन भोज उत्सव  आयोजना हुने भएकाे छ ।

सांस्कृतिक, अंक गणितीयदेखी ग्रहकाे दृष्टिकाेणले पनि महत्वपुर्ण याे भाेजकाे आफ्नै विशेषता रहेकाे छ ।

८४ परिकारका अर्थ पनि जानकारी दिने याे नेवाः भाेजकाे बारेमा विभिन्न व्यक्तिहरू र युवा पुस्तालाई जानकारी गराउनका लागि आयाेजना हुने सो भोजमा सहभागिताका लागि १५ सय रूपैयाँकाे टिकट लिनु पर्ने बताइएको छ ।

आयाेजक जाेशी ननी हेरितेज हाेमका अध्यक्ष सरदमंगल जोशीका अनुसार संस्कृतिकाे पहिचान दिन आयोजित सो कर्यक्रममा ८४ व्यन्जनकाे सूची समेत रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ