नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ
थानकोट ।
प्रहरीले दुई किलो अवैध सुनसहित नागढुंगा नाकाबाट तीनजना पक्राउ गरेको छ ।
उपत्यका अरापध अनुसन्धान कार्यालयको टोलीले नागढुंगाबाट सुन बरामद गरेको स्रोतले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरूमा रसुवा गोसाइकुण्ड गाउँपालिका-५ घर भएका २६ बिरू तामाङ, २१ वर्षीय सुनिल भुजेल र २८ वर्षीय ग्याल छिरिङ तामाङ रहेका छन् ।
भन्सार छली सुन ल्याउन लागेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०२८ च २६९७ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गियरबक्स नजिक बिस्कुट आकारमा २ थानमा रहेको उक्त धातुसहित उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट ६ थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।
फाइल फोटो










