‘आधा मण्डप’ लाेकार्पण

Thankot Times

थानकोट ।

अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा पारेर युवा साहित्यकार रुपक अधिकारीकाे दाेस्राे कृति ‘आधा मण्डप’ लाेकार्पण गरिएकाे छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयाेजित कार्यक्रममा शुक्रबार लेखक सगुना शाह, चलचित्र निर्देशक मुस्कान ढकाल, कवि राजेन्द्र श्रेष्ठ ‘नेपाली’ लगायतले उपन्यास ‘आधा मण्डप’ लाेकार्पण गरेका हुन् ।

उपन्यासकार अधिकारीकाे यसअघि ‘साढे ३ हत्या’ नामक उपन्यास प्रकाशित छ ।

उपन्यासकार अधिकारीले नेपाली समाजकै घटना र सन्दर्भमा केन्द्रित रहेर आधा मण्डप उपन्यास लेखिएकाे बताए ।

रिड एन्ड राइज पिक्चर एन्ड प्रिन्टद्वारा वितरित उपन्यासकाे प्रकाशक अमिर केसी र सहदेव अर्याल ‘यात्री’ रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *