चित्लाङमा सवारी दुर्घटना, मोटरसाइकल चालकको ज्यान गयो, १ जना घाइते

Thankot Times

थानकोट । 

चन्द्रागिरिसँग सीमा जोडिएको मकवानपुरको थाहा नगरपालिका वडा नम्बर-९ चित्लाङमा शनिबार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

चित्लाङ प्रहरी चौकी नजिकै काठमाण्डौंबाट थाहा नगरतर्फ जाँदै गरेको बा. ४ ख. ८७७३ नम्बरको यात्रु बस र चित्लाङबाट काठमाण्डौंतर्फ आउँदै गरेको बा. ६५ प. ४१७६ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा सो दुर्घटना भएको हो।

दुर्घटना परि गम्भिर घाईते भएका मोटरसाइकल चालक थाहा नगरपालिका-१० बस्ने ३० वर्षीय मनोज गमालको मृत्यु भएको छ ।

गमालको काठमाण्डौँको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाईकलको पछाडी रहेका शम्भु गमालको मनमोहन अस्पताल काठमाण्डौँमा उपचार भैरहेको प्रहरीको भनाई छ ।

बस चालक प्रहरीको नियन्त्रणमा छन् ।

तस्बिरः पालुङ ब्यूटी


Leave a Reply

Your email address will not be published. Required fields are marked *