कस्ताे रहला आज दिनभरकाे माैसम ?

Thankot Times

थानकोट ।

कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागको मौसम सामान्यतया सफा छ। तराईको केही स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम  सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *