चन्द्रागिरि हिल्सको साधारण सभा पुस २६ गते

Thankot Times

थानकोट ।

चन्द्रागिरि हिल्स लिमिटेडले पुस २६ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ ।

पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय थानकोट परिसरमा उक्त दिन दिउँसो १२ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

संचालक समितिको सदस्यहरूको बैठक भत्ता परिमार्जन गर्ने सम्बन्धी प्रस्ताव पनि सभाका लागि तय भएको छ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने भएको छ ।

बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरूले साधारण सभामा भाग लिन सक्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *