चन्द्रागिरिमा श्रीलंकाली विदेशमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्री

Thankot Times

थानकोट ।

नेपाल भ्रमणमा रहेका श्रीलङ्काका विदेशमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्री आज शुक्रबार चन्द्रागिरि आइपुगेका छन् ।

अपराह्न चन्द्रागिरि आइपुगेका विदेशमन्त्री साब्रीलाई चद्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकालले स्वागत गरेका थिए।

साथै अध्यक्ष ढकालले मन्त्री साब्रीलाई यहाँको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्वका बारेमा जानकारी गराएका थिए।

चद्रागिरि हिल्सका निमित्त महाप्रबन्धक श्याम तण्डुकारका अनुसार खुलेको आकाश, लहरै देखिएका सुन्दर हिमालका दृश्यले निकै मोहित भएका विदेशमन्त्री साब्री विभिन्न स्थानमा सेल्फी खिच्दै रमाएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *