आज शनिबार कतै यात्रा गर्दै हुनुहुन्छ ? यस्ताे छ दिनभरकाे माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

देशका केही भागमा शनिबार सामान्य वर्षा र हल्का हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भेगमा वर्षा र उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। 

महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना छ। 

महाशाखाका अनुसार राति कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *