चन्द्रागिरि १० र ११ सतुगंलमा आज ढकीं जात्रा, दुवै वडामा सार्वजनिक बिदा
थानकोट ।
चन्द्रागिरि नगरपालिका १० र ११ सतुगंलमा आज परम्परागत ढकी जात्रा मनाइँदैछ ।
विष्णुदेवीको मूर्ति ढकीमा राखी नगरपरिक्रमा गर्दै यो जात्रा अहिले बिहानैदेखि मनाउने क्रम जारी छ ।
जात्रा अवसरमा चन्द्रागिरि नगर कार्यपालिकाको मंसिर २६ गते बैठकले यी दुवै वडामा सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ ।










