बिहानैदेखि धुम्म छ चन्द्रागिरि नगरक्षेत्रकाे आकाश, दिउँसो कस्तो रहला माैसम ?
थानकोट ।
चन्द्रागिरि नगरक्षेत्रकाे आकाश यतिबेला पूर्ण बदली छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली छ। बाँकी भूभागको मौसम सामान्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि यी तीन प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कोशी,बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना छ। राति कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाले देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सुझाव दिएको छ।












