कस्ताे रहला आज शुक्रबार दिनभरकाे माैसम ?

Thankot Times

थानकोट ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा तथा बाँकी तराई भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम हुस्सु/कुहिरो लागेको छ ।

विभागका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *