अख्तियारद्धारा चन्द्रागिरि नगरपालिकामा कार्यरत कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
थानकोट ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरि नगरपालिकामा कार्यरत एक जना असिस्टेन्ट सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
चन्द्रागिरि नगरमा अन्तर्गत वडा कार्यालयमा कार्यरत असिस्टेन्ट सब-इन्जिनियरले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको दाबी गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको सहायक प्रवक्ता देवी प्रसाद थपलियाले थानकोट टाइम्सलाई जानकारी दिए ।
चन्द्रागिरि नगरपालिकामा कार्यरत प्राविधिक कर्मचारी २५ हजार घुस लिएको अभियोगमा पक्राउ
चन्द्रागिरि नगरमा अन्तर्गत वडा कार्यालयमा कार्यरत असिस्टेन्ट सब-इन्जिनियरले भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।
अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले असिस्टेन्ट सब-इन्जिनियर विजया लक्ष्मी पन्तलाई सेवाग्राहीबाट २५ हजार घुस लिएको गत असोजमा नियन्त्रणमा लिएको थियो ।
अख्तियारको विज्ञप्ती हेर्नुहोस्











