दुरसंचारमा गाडीको ठक्करबाट माेटरसाइल चालक गम्भीर घाइते, गाडी सडकमै छाडेर चालक फरार
थानकोट ।
कलंकी-नागढुंगा सडक खण्डअन्तर्गत चन्द्रागिरि नगरपालिका-५ नेपाल टेलिकमको कार्यालय अघिल्तिरको सडकमा गाडीको ठक्करबाट माेटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
सोमबार बिहान करिब ९ः३० बजेको समयमा कलंकीबाट थानकोटतर्फ आउँदै गरेकाे बा. ७० प. १५३२ नम्बरको माेटरसाइकललाई समान दिसाबाट आइरहेको मत्स्य राजधानी यातायात सेवाको बा. २ ख. ४५८९ नम्बरको फाेर्स गाडीले ठक्कर दिएकाे थियाे ।
ठक्करबाट मोटरसाइकलमा सवार भाेला ढकाल गम्भीर घाइते भएका छन् । उनको खुट्टामा गहिरो चोट पुगेको प्रत्यक्षदर्शीले जनाए । उनलाई स्थानीयबासीले अस्पताल पठाएका छन् ।
दुर्घटनापछि गाडी बीच सडकमै चालक भागेको प्रत्यक्षदर्शीले बताए ।
घटनाका बारे अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएको छ ।










