सुनकाे मूल्य घट्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको चाैथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

आज तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको १ लाख १८ हजार २ सय रुपैयाँ तोकिएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख १९ हजार ४ सय रुपैयाँ थियो ।

आज चाँदी भने तोलामा १५ रुपैयाँले घटेको छ । हिजो तोलाको १ हजार ४ सय १५ रुपैयाँ रहेको चाँदी आज भाउ घटेर तोलाको १ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ