तोलामा ५ सय रूपैयाँले बढ्यो सुनको भाउ
थानकोट ।
कारोबार हुने साताको छैटाैं दिन शुक्रबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ५०० रुपैयाँले बढेर कारोबार भएको छ ।
छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










