चन्द्रागिरि केबलकार संचालनकाे समय परिवर्तन, बिहान १० बजेदेखि मात्रै चढ्न पाइने

Thankot Times

थानकोट ।

चन्द्रागिरि हिल्सद्वारा प्रवर्द्वित चन्द्रागिरि केबलकार संचालनकाे समय परिवर्तन हुनेभएको छ ।

आज आइतबारदेखि लागू हुने गरि केबलकार बिहीबारसम्म बिहान १० बजेबाट साँझ ६ बजेसम्म मात्रै सञ्चालन हुने बताइएको छ । शुक्रबार र शनिबार भने केबलकार बिहान ८ देखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ ।

चन्द्रागिरि हिल्सका अनुसार केबलकारकाे नियमित मर्मत संभारका लागि केबलकार सञ्चालनको समय फेरबदल भएकाे हाे । याे क्रम माघ २९ गतेसम्म जारी रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *