चन्द्रागिरि साकोसको सेवा केन्द्र बुढानिलकण्ठमा पनि, एकैदिन १ सय ५५ जनाले लिए नयाँ सदस्यता

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०७ थानकोट चेकपोष्ट मुख्यालय भएको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले बुढानिलकण्ठ नगरपालिकामा पनि सेवा विस्तार गरेको छ ।

शनिबार सो सहकारीले स्थानीय ओमन्स क्रियशन साकोसबीच एकीकरण सम्पन्न गरी संयुक्त कारोबार सुरु गरेसँगै चन्द्रागिरि साकोसले बुढानिलकण्ठमा समेत सेवा प्रदानका लागि कार्यालय स्थापना गरेको हो।

दुई संस्थाबीच २०८० पौष २५ मा एकीकरण सम्पन्न भएपश्चात शनिबारबाट बुढानिलकण्ठ नगरपालिका-६, गणेशचोकस्थित ओमन्स क्रियशन सेवाकेन्द्र उद्घाटन तथा संयुक्त कारोबार शुभारम्भ गरिएको संस्थाले जनाएको छ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकाल,  बुढानिलकण्ठ नगरका मेयर मिठाराम अधिकारी लगायतको उपस्थितिमा चन्द्रागिरि साकोस ओमन्स क्रियशन सेवाकेन्द्र उद्घाटन गरिएको हो ।

सो क्रममा  स्थानीय बैंक तथा वित्तिय संस्था एवं सहकारीका शाखा प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।
साबिकको ओमन्स क्रियशन सकोसका तत्कालीन अध्यक्ष मिना श्रेष्ठले चन्द्रागिरि साकोससंग एकीकरण गर्न पाउँदा आफु एकदम खुसी भएको र अब उप्रान्त साविक ओमन्स क्रियशन साकोसका सदस्यहरुले चन्द्रागिरि साकोसको सदस्यमा रुपान्तरित भएर अझ गुणस्तरिय सेवा पाउने कुरामा आफु ढुक्क रहेको बताउनु भयो ।

सेवाकेन्द्र उद्घाटनको पहिलो दिन १ सय ५५ जनाले नयाँ सदस्यता लिएको चन्द्रागिरि साकोसका अध्यक्ष योगेन्द्र कुमार कुँवरले जानकारी दिनुभयो ।

चन्द्रागिरि साकोसले मुख्य कार्यालयका अतिरिक्त चन्द्रागिरि-१ दहचोक तथा ललितपुरको खुमलटारमा समेत सदस्य सेवा केन्द्र सञ्चालन गरि वित्तिय सेवा उपलब्ध गराउँदै आएको छ ।
गत पाैष मसान्तसम्मको वित्तीय अनुसार चन्द्रागिरि साकोस्को कुल शेयर पुँजी १९ करोड ६८ लाख २८ हजार १ सय रूपैयाँ रहेको छ भने कुल बचत २ अर्ब ८० करोड ९८ लाख ६६ हजार २ सय ६४ रहेको छ ।
संस्थाका अनुसार सो अवधिसम्म कुल १८ हजार ६ सय ४८ जना सदस्यहरू मध्ये २ हजार २ सय ६८ जनाले कुल २ अर्ब २५ कराेड ४९ लाख ६८ हजार ९ सय ८६ रूपैयाँ ऋण लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *