सुनको मूल्य बढ्दा चाँदीको स्थिर

Thankot Times

थानकोट । 

कारोबार हुने साताको चाैथो दिन बुधबार नेपाली स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ ।

आज सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन प्रतितोला एक लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 

तेजाबी सुन प्रतितोला एक लाख १८ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *