सुनको मूल्य बढ्दा चाँदीको घट्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पाँचाैं दिन बिहीबार नेपाली स्थानीय बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 

बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ६५० रुपैयाँका कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला एक लाख १८ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *