भोलि शुक्रबार चन्द्रागिरि केबलकार बिहान ८ बजेदेखि नै चालु हुने
थानकोट ।
चन्द्रागिरि हिल्सद्वारा प्रवर्द्वित चन्द्रागिरि केबलकार संचालनकाे समय परिवर्तन भएपनि भोलि शुक्रबार र पर्सि शनिबार भने बिहान ८ देखि बेलुकी ९ बजेसम्म सञ्चालन हुने भएको छ ।
चन्द्रागिरि हिल्सका अनुसार केबलकारकाे नियमित मर्मत संभारका लागि केबलकार सञ्चालनको समय यही आइतबारबाट फेरबदल भएकाे थियो ।
केबलकार प्रशासनका अनुसार आइतबारदेखि बिहीबारसम्म केबलकार बिहान १० बजेबाट साँझ ६ बजेसम्म मात्रै सञ्चालन हुनेछ ।
याे क्रम माघ २९ गतेसम्म जारी रहनेछ ।

चन्द्रागिरि केबलकार संचालनकाे समय परिवर्तन, बिहान १० बजेदेखि मात्रै चढ्न पाइने










