तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको भाउ

Thankot Times

थानकोट ।

कारोबार हुने साताको छैटाैं दिन नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३००० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेकाे छ । बिहीबार चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी तोलाको १४१० रुपैयाँ कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *