सुन चाँदीको मूल्यमा गिरावट
थानकोट ।
नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले कारोबार हुने साताको पहिलो दिन आज आइतबार प्रतितोला ६०० रुपैयाँले घटेको जनाएको छ ।
छापावाल सुन तोलामा एक लाख १८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार उक्त सुन तोलामा एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलामा एक लाख १८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













