सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर
थानकोट ।
कारोबार हुने साताको पाँचाैं दिन आज बुधबार नेपाली स्थानीय बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँ बढेर कारोबार भएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने आज स्थिर छ ।
चाँदी एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













